नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

शोमबार ७७ अंकले घट्यो शेयर बजार

ओखलढुङ्गान्युज । २७ असार, काठमाण्डौं । शोमबार शेयर बजारको नेप्से उच्च अंकले घटेको छ । साताको पहिलो कारोबार भएको दिन शेयर बजार बढ्ने आकलन गरिएको भएपनि उच्च अंकले गिरावट आएको हो ।

अर्थमन्त्री जनार्दन शर्माको राजिनामा आएसँगै पछिल्लो दिनमा शेयर बजारमा भारी रुपमा बृद्धि हुने विज्ञहरुले आकलन गरेका थिए । आइतबार सार्वजनिक बिदा परेकाले पनि नेप्से कारोबार भएको थिएन । तर आकलन विपरित सोमबार भएको कारोबारमा नेप्से परिसूचक ७७.०१ अंकले घटेर १९१५.६१ बिन्दुमा झरेको छ ।

त्यस्तै शोमबार सेन्सेटिभ इण्डेक्स १३.०३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ५.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.०९ अंकले घटेको छ । सोमबार कारोबारमा आएका २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता शेयर २ अर्ब ३२ करोड ५६ लाख ४१ हजार २२ रुपैयाँ बराबरको शेयर कारोबार भएको थियाृ । नेप्सेका १३ वटै उपसमूहको परिसूचकमा गिरावट आएको छ ।

श्ेयर बजारको उपसमूहको शेयर मूल्य ४ प्रतिशतसम्म गिरावट आएको छ । सोमबार नै कारोबारमा आएको ग्रामीण विकास लद्युवित्त वित्तीय संस्थाको शेयरमूल्य नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ।