नेपाली समय Loading...२०८१ बैशाख २७ बिहीबार

मोलुङमा सडेका अबस्थामा एक पुरुषको शब फेला

ओखलढुङ्गान्युज । २५ असार, ओखलढुङ्गा । जिल्लाको मोलुङ गाउँपालिका वडा नं. १ कुन्तादेवीमा एक पुरुषको शब फेला परेको छ । मोलुङ गाउँपालिकाको वडा नं. १ कुन्तादेवी र सिद्धिचरण नगरपालिका वडा नं. ९ ज्यामीरेको सिमाना मोलुङ दोभान नजिकै शब फेला परेको हो ।

लिपेखोला दोभान नजिकै कुन्तादेवी तर्फ शब फेला परेको मोलुङ १ कुन्तादेवीका वडा अध्यक्ष कमल बहादुर बानियाले बताए । अध्यक्ष बानियाका अनुसार शब हेर्दा अन्दाजी ४५–५० वर्षको उमेरको जस्तो रहेको छ । शबको पेट फुटेर आन्द्रा भुडी समेत बाहिर निस्किएको अबस्था रहेको वडा अध्यक्ष बानियाको भनाई छ ।

शब फेला परेको विषयमा जानकारी प्राप्त हुनासाथ घटनास्थल तर्फ प्रहरीको टोली पठाईएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए । शब फेला परेपनि शबको पहिचान हुन नसकेको प्रहरी नायव उपरीक्षक खनालले जानकारी दिए ।

घटनाको बारेमा थप विस्तृत विवरण भने आउन बाँकी रहेको छ ।