नेपाली समय Loading...२०८१ बैशाख २६ बुधबार

जनसेवा युवा क्लवलाई सनराईज बैंकको डस्टविन सहयोग

ओखलढुङ्गान्युज । २५ असार, ओखलढुङ्गा । बजार क्षेत्रको सरसफाई ब्यबस्थापनका लागि सनराईज बैंक ओखलढुङ्गाले डस्बिन बितरण गरेको छ । सिद्धिचरण नगरपालिका वडा नं. ११ रमाईलो डाँडा क्षेत्रको फोहोर मैला व्यबस्थापन गर्नका लागि स्थानीय जनसेवा युवा क्लब मार्फत डस्टविन वितरण गरेको हो ।

शुक्रबार रमाईलोडाँडामा आयोजित एक अनौपचारीक कार्यक्रमका विच बैकका मेनेजर चुडाराज सुवेदीले क्लबका अध्यक्ष मोहन केसीलाई उक्त डस्टविन हस्तान्तरण गरेका हुन् । बजार क्षेत्रको सरसफाई ब्यबस्थापनमा सहयोग गर्ने उद्देश्यले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १५ हजार बराबरको १० थान डस्टविन बितरण गरेको बैंकका शाखा प्रमुख सुबेदीले बताए ।

डस्टविन बुझ्दै क्लबका अध्यक्ष केसीले बजारको सरसफाइका लागि सहयोग गरेकोमा बैंकलाई धन्यवाद दिए । अध्यक्ष केसीले जथाभावी फालिने फोहोरलाई डस्बिनमा राख्न समेत आग्रह गरे । सरसफाइयुक्त नगर निर्माणका लागि नागरिक स्वयमको समेत महत्वपूर्ण भुमिका खेल्नुपर्ने केसीको भनाइ छ ।

बैकंले सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तर्गत बेलाबेलामा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।