नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

चट्याङ लागेर सोलुखुम्बुमा छोराको मृत्यु, आमा घाइते

ओखलढुङ्गान्युज । २२ असार, सोलुखुम्बु ‌। मंगलबार साँझ सोलुखुम्बुमा चट्याङ लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउँपालिका वडा नं ९ का ७ वर्षीय बालक सुजन तामाङ रहेका छन् । 

मंगलबार साँझ पानी सङ्गै परेको चट्याङले बालकलाई लागेको थियो । चट्याङ लागेका बालक तामाङको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । 

सोहि चट्याङका कारण मृतक बालक तामाङकी आमा ताकमाया तामाङ पनि  गम्भीर घाइते भएकी छिन् । माइतीघर हिडेकी आमा सँङ्गै रहेका बालक पानी परि ओत लागेर घरको पेटिमा बसिरहेका थिए । त्यसैबेला परेको चट्याङले आमा छोरालाई लागेको प्रहरीले जनाएको छ ।