नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

रामेछापबाट काठमाडौं जादै गरेको गाडी दुर्घटना, ९ को मृत्यु 

ओखलढुङ्गान्युज । २१ असार, रामेछाप । रामेछापको हिलेदेवी भन्ने स्थानबाट काठमाडौँ तर्फ जादै गरेको बस दुर्घटनामा परेको छ । काठमाडौँ तर्फ जादै गरेको बा ३ ख ८३९६ नम्बरको बस विहान ११ बजे दुर्घटनामा पर्दा बसमा सवार ९ जनाको मृत्यु भएको छ ।

हिलेदेवीबाट काठमाडौँ हिडेको उक्त यात्रु बाहक बस रामेछापको सुनापती गाउँ पालिका वडा नं ५ स्थित लुभुघाट भन्ने स्थानमा दुर्घटनामा परेको हो । बसमा ४० जना भन्दा बढी यात्रु सवार रहेका थिए ।

दुर्घटनाका घाइते २१ जनालाई उद्दार गरेर उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ । दुर्घटनामा गम्भीर घाइतेको संख्या धेरै रहेकाले मृतकको संख्या बढ्न सक्ने रामेछाप प्रहरीले जनाएको छ । घटनास्थलमै मृत्यु हुनेमा पाँच महिला र चार पुरुष रहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

घाइतेको स्थानीय एम्बुलेन्स तथा नेपाली सेनाको एम आई सेभेन्टिन हेलिकप्टरबाट उद्धार गरिएको प्रहरीले जनाएको छ । लुभुखोला माथिको घुम्तीबाट बस तल खसेर दुर्घटना परेको हो । दुर्घटनाको कारण खुलेको छैन ।