नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

दक्षिणी इरानमा शनिबार शक्तिशाली भूकम्प

ओखलढुङ्गान्युज । १८ असार, काठमाण्डौं । इरानमा शनिवार विहान शक्तिशाली भूकम्प गएको छ । शनिवार विहान दक्षिणी इरानमा ६ दशमलब १ रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको हो ।

भूकम्पमा परि शनिवार साँझसम्म पाँच जनाको मृत्यु भएको र सयौंको संख्यामा घाईते भएको त्यहाँको सरकारी सञ्चारमाध्यमहरुले जनाएका छन् । साँझसम्म ५० भन्दा बढिलाई उपचारको लागि अस्पताल भर्ना गरिएको जनाईएको छ ।

इरानको बन्दरगाह सहर बन्दर अब्बासबाट करिब एक सय किलोमिटर टाढा भूकम्पको केन्द्रबिन्दु रहेको अन्तराष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  त्यसपछि पनि त्यस क्षेत्रमा ६ दशमलव ३ रेक्टर स्केलका थप दुई शक्तिशाली भूकम्प गएको त्यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् ।

शनिवार साँझसम्म मात्रै त्यहाँ एक दर्जन भन्दा बढी परकम्प गएको सरकारी समाचार एजेन्सी आईआरएनएले जनाएको छ । जसका कारण इरानको खाडी तट नजिकैको साइह खोश गाउँ पूर्णरूपमा ध्वस्त भएको समाचारमा जनाइएको छ ।