नेपाली समय Loading...२०८१ बैशाख २२ शनिबार

लायन्स क्लब अफ ओखलढुङ्गामा नयाँ कार्यसमिति

ओखलढुङ्गान्युज १८ असार, काठमाण्डौं लायन्स क्लब अफ ओखलढुङ्गाले नयाँ कार्यसमिति चयन गरेको छ । क्लबका फस्ट भाइस प्रेसिडेन्ट गान्धर्वराज पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको हो । गत चैत्र ६ गते सम्पन्न क्लबको भेलाले लायन वर्ष २०२२/२३ का लागि पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको थियो ।

प्रत्येक वर्षको जुलाई १ बाट निर्वाचित पदाधिकारीहरुलाई पदस्थापन गर्नुपर्ने लायन्स क्लब इन्टरनेशनलको मान्यता वमोजिम निर्वाचित पदाधिकारीहरुलाई शुक्रबार काठमाण्डौंमा एक कार्यक्रमको आयोजना गरी पदस्थापन गरिएको क्लबका अध्यक्ष जीवनाथ खतिवडाले जानकारी दिए ।

पदस्थापन भएका नयाँ कार्यसमितिमा फस्ट भाइस प्रेसिडेण्ट पुष्कर अर्याल, सेकेण्ड भाइस प्रेसिडेण्ट कृष्ण प्रसाद खनाल, थर्ड भाइस प्रेसिडेण्ट प्रतिक अधिकारी, सचिव कुमार प्रसाद घिमिरे र कोषाध्यक्ष दिपक प्रसाद दाहाल रहेका छन् । त्यसैगरी सदस्यहरुमा देवी प्रसाद दाहाल, वाशुदेव भण्डारी, युवराज दाहाल, विष्णुप्रसाद घिमिरे, गिरिराज दाहाल, दिनेश कुमार मगर, सुमित जैन, यादव  प्रसादकोइराला र नरेन्द्र महर्जन रहेका छन् ।

क्लबका चाटर्ड प्रेसिडेण्ट एवम् लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक ३२५ “एफ”का सिनियर सिटिजन चेयर पर्सन हरि प्रसाद दाहाल, क्लबका पास्ट प्रेसिडेन्ट एवम् डिष्ट्रिक ३२५ “एफ” अन्तर्गत क्लस्टर ३ का सचिव लेखनाथ दाहाल, पास्ट प्रसिडेन्ट एवम् डिष्ट्रिक ३२५ “एफ” इन्भाइरोमेन्ट चेयरपर्सन तेज प्रसाद धमला, पास्ट प्रेसिडेन्ट एवम् डिष्ट्रिक ३२५ “एफ” का जोन चेयरपर्सन चित्र कुमार दाहालले संयुक्त रुपमा नयाँ कार्यसमितिलाई लायन वर्ष २०२२/२३ का लागि जिम्मेवारी हस्तान्तण गरेका छन् ।

नयाँ कार्यभार सम्हालेको पहिलो दिनमा नै क्लबका पदाधिकारीहरुले विगत चार वर्षदेखि क्यान्सर रोगबाट पिडित ओखलढुङ्गा जिल्ला सिद्धिचरण नगरपालिका वडा नं. ७, विगुटार घर भई हाल काठमाण्डौंको वानेश्वर निवासी खेमराज खतिवडालाई रु. ५१ हजार आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । २८ नोभेम्वर २०१६ मा लायन्स क्लब इन्टरनेशनलमा दर्ता रहेको लायन्स क्लब अफ ओखलढुङ्गाले शिक्षा, स्वास्थ्य तथा पर्यावरण क्षेत्रमा काम गरिरहेको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण घरमा खाद्यान्न अभाव भएका करिव ३ सय परिवारहरुलाई खाद्यान्न सहयोग गर्नुका साथै विभिन्न संघ/संस्था तथा व्यक्तिहरुलाई माक्स, सेनिटाइजर, सावुन लगायत स्वास्थ्य सामाग्री वितरण समेत गरेको थियो ।