नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

विकट वस्तिका स्कूलका विद्यार्थीलाई साहसी महिला समूहको झोला सहयोग

ओखलढुङ्गान्युज १२ असार, यसम ओखलढुङ्गाको लिखु गाउँपालिकाका सामुदायीक विद्यालयका छात्रछात्राहरुलाई साहसी महिला समूहले झोला वितरण गरेको छ । जिल्लाको लिखु गाउँपालिका वडा नं. ६ मा रहेको ग्रामोन्नती आधारभूत विद्यालयका छात्रछात्राहरुलाई झोला वितरण गरिएको हो ।

शनिवार विद्यालयमा आयोजित एक औपचारीक कार्यक्रमका विच साहसी महिला समूहका महासचिव विन्दा मगर एलिसाले विद्यालयका प्रधानाध्यापक तथा वडा अध्यक्ष मार्फत ८६ जना विद्यार्थीलाई झोला वितरण गरेकी हुन् ।

लायन्स क्लब अफ काठमाण्डौं महिमाको विशेष सहयोगमा शाहसी महिलाको समूहले सहजिकरण गरेकार विद्यार्थी तथा शिक्षकहरुलाई समेत झोला वितरण गरेको महासचिब विन्दा मगरले बताईन् । आफ्नो जन्मथलो रहि सोहि विद्यालयवाट आफूले कखरा सिकेको र बुझ्ने भएपछि केहि सहयोग गरौ भन्ने भावना भएकोले गाउँको विद्यालयका भाइबहिनीहरुलाई झोला  दिएको महासचिव मगरले बताईन् ।

विद्यालयमा झोला उपलब्ध गराएकोमा सहयोगी संस्था लायन्स क्लब अफ काठमाडौं महिमा तथा समन्वय गर्नुहुने शाहसी महिला समूह तथा त्यसका महासचिव विन्दा मगरलाई वडा अध्यक्ष टिकाराम मगरले धन्यवाद ज्ञापन गरे । आगामी दिनमा पनि पहाडी भूगोलको यस्तो कुनाकन्दरामा रहेको विद्यालयहरुलाई विभिन्न माध्यम मार्फत सहयोग प्राप्त हुने विश्वास रहेको बताए ।

कार्यक्रमममा शाहसी महिला समूहको तर्फवाट महासचिव मगरले कार्यक्रममा उपस्थित भएकाहरुलाई क्यालेण्डर तथा ग्रामोन्नति आधारभूत बिधालयमा शैक्षिक सामग्री ब्याग र स्टेसनरी सामग्री हस्तान्तरण गरेकी थिईन् ।