नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

सरकारले घटायो तेलको मूल्य, कति घट्यो डिजेल र पेट्रोलमा ?

ओखलढुङ्गान्युज ११ असार, काठमाण्डौं नेपाल सरकारले तेलको मूल्य कटौती गरेको छ । केहिदिन अगाडी एकैपटक पेट्रोलमा २० र डिजेल, मट्टितेलमा २७ रुपैया बढाएको भन्दै विरोध खेपिरहेको सरकारले शनिवार रातिवाट लागू हुने गरि पेट्रोलियम पद्धार्थमा भारि मात्रामा मूल्य घटाएको हो ।

चारैतिर कडा आलोचना भएपछि शनिवार विहान बसेको सत्ता गठबन्धनको बैठकले कर कटौती गरेर भएपनि पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको थियो । सत्ता गठबन्धनको निर्णयअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा कटौती गरेको हो ।

सत्तागठबन्धनको शनिबार बसेको बैठकले निर्णय गरेसँगै निगम सञ्चालक समिति पनि शनिवार विहान नै बैठक बसेको थियो । निगम सञ्चालक समितिको बैठकले मूल्य घटाउने निर्णय गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजेल÷मट्टितेलमा प्रतिलिटर २९ रुपैयाँ मूल्य घटाएको हो ।

निर्णय अनुसार अब पेट्रोलको मूल्य १७९ निर्धारण हुनेछ भने डिजेल/मट्टितेलको १६३ कायम हुनेछ । घटेको मूल्य आजै राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।