नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसीपमा नेपालको दोश्रो जित

ओखलढुङ्गान्युज । ४ असार, काठमाण्डौं । शनिबार कुवेतलाई २५ रनले हराउँदै नेपालले लगातार दोस्रो जित निकालेको छ । मलेसियामा जारी एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिपमा नेपालले कुवेतलाई हराउदै आफ्नो दोश्रो खेलमा दोश्रो जित निकालेको हो ।

मलेसियाको किनरारा ओभलमा भएको खेलमा नेपालले दिएको १०८ रनको लक्ष्य पछ्याएको कुवेतले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८२  रन बनाउन सक्यो ।

जितसँगै नेपालले २ खेलमा ४ अंक जोडेको छ ।  समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । जितपछि नेपालको सेमिफाइनल पुग्ने सम्भावना बलियो बनेको छ । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।