नेपाली समय Loading...२०८१ बैशाख १३ बिहीबार

सिद्धिचरण नगरपालिकाका जेष्ठ नागरिकहरुलाई सम्मान 

ओखलढुङ्गान्युज । ३ असार, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाका जेष्ठ नागरिकहरुलाई औपचारिक कार्यक्रमका बिच सम्मान गरिएको । नगरपालिकाको १२ नम्बर वडा कार्यालयले एक औपचारिक कार्यक्रमका बिच आज २६ जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको हो ।

वडा नम्बर १२ भित्र रहेका एकल तथा ७५ वर्ष उमेर पुरा भएका २६ जनालाई वडा कार्यालयले सम्मान कार्यक्रम सहित स्वास्थ्य परीक्षण सेवा समेत प्रदान गरेको छ । सम्मान कार्यक्रममा जेष्ठ नागरिकको आवश्यकताका आधारमा २३ जनालाई न्यानो कपडा तथा ३ जनालाई शौचालय कुर्ची वितरण गरिएको छ ।

कार्यक्रममा जेष्ठ नागरिकहरुलाई सिद्धिचरण नगरपालिकाका प्रमुख तेजन खनाल र वडा अध्यक्ष उमंग श्रेष्ठले संयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेका थिए । आर्थिक वर्ष २०७८/७९ को विनियोजित बार्षिक बजेटको कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको वडा अध्यक्ष उमंग श्रेष्ठले बताए । वडा अध्यक्ष श्रेष्ठका अनुसार यस्ता कार्यक्रमलाई आगामी आर्थिक वर्षमा समेत निरन्तरता दिइने छ ।

सिद्धिचरण नगरपालिका वडा नम्बर १२ का जेष्ठ नागरिक एकल महिला कथा अपाङ्गता भएका ब्यक्तिहरुलाइ सम्मान तथा सशक्तिकरण कार्यक्रम अन्तर्गत कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा नगरपालिकाको आयोजना तथा जिल्ला आयुर्वेद कार्यालयको समन्वयमा जेष्ठ नागरिकहरुको स्वास्थ्य सँगै भिटामिनहरु समेत वितरण गरिएको थियो ।