नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

पहिरोले पुरिएर सासु र बुहारी बेपत्ता 

ओखलढुङ्गान्युज । ३ असार, काठमाडौं । विहिवार राति भिषण पानीसँगै झरेको पहिरोले पुर्दा ताप्लेजुङ्गमा सासु र बुहारी बेपत्ता भएका छन् । विहिवार राति झरेको पहिरोमा पुरिएर ताप्लेजुङको सिरीजङ्घा गाउँपालिका–७ खेवाङमा सासु र बुहारी बेपत्ता भएका छन् । 

वेपत्ता हुनेहरुमा तुलसा अधिकारी र यशोदा अधिकारी रहेका छन् । भिषण वर्षासँगै विहिवार राति करिब साढे ८ बजे झरेको पहिरोमा पुरिएर उनीहरू बेपत्ता भएका हुन् । तुलसा सासु र यशोदा बुहारी हुन् । 

पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने नजिकै रहेका पशुचौपायसमेत पुरेको बताइएको छ । अधिकारीका परिवारका अन्य सदस्यहरुले भने भागेर ज्यान बचाएका छन् । अत्याधिक वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा ठुल्ठूला पहिरो झरेका छन् । थप विवरण आउन बाँकी छ । 

वर्षाको सिजन सुरुवात भएसँगै देशभर ठाउँ ठाउँमा बाढी पहिरोले वितन्डता सृजना गर्न थालेको छ । वर्षात सँगै आएको बाढी पहिरोमा परि ठूलो धनजनको क्षति हुन थालेको छ ।