नेपाली समय Loading...२०८१ बैशाख २४ सोमबार

जंगली च्याउ खादाँ ओखलढुङ्गामा एकैपरिवारका दुइजनाको मृत्यु, दुईजना बिरामी 

ओखलढुङ्गान्युज ३१ जेठ, चम्पादेवी ओखलढुङ्गामा जंगली च्याउ खाँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको चम्पादेवी गाउँपालिका वडा नं. ७ फुलबारीका ९३ वर्षिया मनमाया विष्ट र २४ बर्षिया कुमारी लामिछाने रहेका छन् ।

जंगली च्याउ खादा सोहि परिवारका दुई जना भने विरामी परेका छन् । विरामी पर्नेहरुमा वर्ष २४ का राजन विष्ट र उनका ३ वर्षिया छोरी सरिष्मा विष्ट रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । नजिकैको जंगलमा उम्रिएको च्याउलाई च्याउलाई घर ल्याएर उनीहरुले शोमबार बेलुकी पकाएर खाएका थिए ।

च्याउ खाएपछि उनीहरुको स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्यमा गम्भिर समस्या देखिएर विरामी भएपछि स्थानीयहरुले उनीहरुलाई उद्धार गरि उपचारका लागि सामुदायीक अस्पताल ओखलढुङ्गा ल्याएका थिए । ओखलढुङ्गा सामुदायीक अस्पतालमा उपचारका क्रममा २४ बर्षिया कुमारी लामिछानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

अन्य विरामीहरुको भने सामुदायीक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि हेलिकप्टर मार्फत शोमबार नै काठमाण्डौं लगिएको थियो । काठमाण्डौंको टिचिङ अस्पतालमा उपचारका क्रममा मंगलबार विहान ९३ बर्षिया मनमाया विष्टको मृत्यु भएको पनि प्रहरीले जनाएको छ ।

च्याउ खाएर गम्भिर विरामी भएका बाबु–छोरीको अबस्था भने सुधारोन्मुख रहेको अस्पताल श्रोतले जनाएको छ । उनीह दुवैको अहिले पनि टिचिङ अस्पताल काठमाण्डौंमा उपचार भैरहेको छ ।