नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

आफ्नो निर्णयमा पछि हट्यो सरकार, आईतवार दिएको विदा खारेज गर्ने निर्णय

ओखलढुङ्गान्युज २३ जेठ, काठमाण्डौं आफूले गरेको निर्णय एकमहिना पनि टिकाउन नसकी सरकार पछि हटेको छ । जेठ १ गते देखी आईतवार पनि दिदै आएको सार्वजनिक विदालाई सरकारले खोज गरेको छ ।

शोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयले आईतवार पनि दिन थालिएको सार्वजनिक विदालाई खारेज गरेको हो । मन्त्रिपरिषदको बैठकले आगामी असार १ देखि आइतबार साप्ताहिक विदा नदिने निर्णय गरेको अर्थमन्त्री जनार्दन शर्माले बताउनुभएको छ ।

शोमबारको मन्त्रिपरिषदको निर्णयसँगै अब असार १ देखि शनिबार मात्र सार्वजनिक विदा हुनेछ । गत वैशाख २६ गते बसेको मन्त्रिरिषद बैठकले पेट्रोलियम पदार्थको खपत कम गर्न भन्दै परीक्षणका रुपमा जेठ १ देखि  शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिँदै आएको थियो । 

सरकारले परीक्षणका रुपमा लागू गरेको आईतवार पनि सार्वजनिक विदा दिने निर्णयको देशव्यापी रुपमा आलोचना भैरहेको थियो । विदाको निर्णय कार्यान्वयन गर्दा सेवा प्रवाहमा सहजता हुनुको सट्टा थप समस्या देखिएको भन्दै सरकारको उक्त निर्णयको आलोचना बढ्दै गएपछि सरकार पछि हटेको हो ।