नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

बोलेरो दुर्घटनामा परी ओखलढुङ्गामा एकजना गम्भीर घाइते 

ओखलढुङ्गान्युज । २२ जेठ, ओखलढुङ्गा । आइतबार विहान ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिकामा बोलेरो दुर्घटना भएको छ । स १ ज ५७७ नम्बरको बोलेरो दुर्घटनामा परी बोलेरो चालक मानेभञ्ज्याङ गाउँपालिका वडा नं २ का टेक बहादुर राइ गम्भिर घाइते भएका छन् ।

आइतबार विहान ६ जना यात्रु बोकेर ओखलढुङ्गा तर्फ जादै गरेको उक्त बोलेरो उबुँको चिचिङ्गा भन्ने स्थानमा सडकवाट करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ । यात्रु लिएर सदरमुकाम जादै गर्दा उक्त स्थानमा बोलेरोको स्टार्ट आफै बन्द भएको यात्रुहरुले बताएका छन् ।

गाडी स्टार्ट आफै बन्द भएपछि बोलेरो चालक राइले यात्रुहरुलाई गाडीबाट बाहिर उतारेका थिए । यात्रुहरुलाई बाहिर उतारेपछि गाडीलाइ धकेलेर चालक राइले गाडी स्टार्ट गर्ने प्रयास गरेका थिए । गाडी धकेलेर स्टार्ट गर्ने क्रममा गाडीको ब्रेक फेल हुदा गाडी सडकबाट झरेको प्रहरीले जनाएको छ । 

घाइते भएका चालक राइलाइ उद्दार गरि उपचारका लागि सामुदायिक अस्पताल सोब्रु ओखलढुङ्गामा ल्याइएको प्रहरीले जनाएको छ ।