नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

रामेछापमा भिरबाट लडेर एक पुरुषको मृत्यु 

ओखलढुङ्गान्युज । २२ जेठ, रामेछाप ।  रामेछापमा भिरबाट लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर २ भडारेका ६० वर्षिय शेर बहादुर पहरी रहेका छन् । 

शुक्रबार साँझ पहरी हिड्दै गर्दा आफ्नै घरमुनि चिप्लिएर लडेका थिए । घरमुनीको भागका भिर रहेकोले उनी तल खसेका थिए । लडेको स्थानबाट पहरीलाइ उपचारका लागि नजिकैको अस्पतालमा लगिदै थियो । उपचारका लागि लादै गर्दा उनको बाटोमा नै मृत्यु भएको रामेछापका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक राजु प्रसाद ढकालले जानकारी दिए ।