नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

संखुवासभामा सुख्खा पहिरो, दुईको मृत्यु

ओखलढुङ्गान्युज । १९ जेठ, काठमाण्डौं । संखुवासभा जिल्लाको चैनपुर नगरपालिकामा सुख्खा पहिरो जादा २ जनाको मृत्यु भएको छ । जिल्लाको चैनपुर नगरपालिका–१ नुनढाकी भन्ने स्थानमा बुधबार दिउँसो ११ बजे सुख्खा पहिरो जादा पहिरोले पुरिएर २ जनाको मृत्यु भएको हो ।

सुख्खा पहिरोमा परि मृत्यु हुनेमा सुनसरीको धरान उपमहानगरपालिकाका रामकुमार राई र उदयपुरको चौदण्डीगढी नगरपालिका– ६ का हिमबहादुर मगर रहेको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक मिलन बस्नेतले जानकारी दिए । मृतक दुवैजना चैनपुर–नुनढाकी सडक निर्माण कार्यमा खटिएका मजदुर हुन् ।

चैनपुरको सिद्वपोखरीदेखि नुनढाकीसम्मको १९ किलो मिटर अमर कन्स्ट्रक्सन कम्पनीले सडक निर्माण गरिरहेको छ । वर्षातको समय सुरुहुन लागेसगै सडक निर्माणमा ठेकेदार कम्पनीले तिब्रता दिएसँगै सुख्खा पहिरो झरेको हो ।