नेपाली समय Loading...२०८२ बैशाख ८ सोमबार

युगकवि सिद्धिचरण श्रेष्ठको आज १११ औं जन्मजयन्ती, ओखलढुङ्गामा कवि गोष्ठि

ओखलढुङ्गान्युज जेठ, ओखलढुङ्गा आज युगकवि सिद्धिचरण श्रेष्ठको १११ औं जन्म जयन्ती । विक्रम सम्बत १९६९ जेठ ९ गते ओखलढुङ्गामा जन्मिएका युगकविको आज देशभर विभिन्न स्थानहरुमा साहित्यिक कार्यक्रम गरि मनाईएको छ ।

युगकवि श्रेष्ठको जन्मजयन्तीको अवसर पारेर आज ओखलढुङ्गामा पनि औपचारिक कार्यक्रमका साथ कविगोष्ठिको आयोजना गरिएको छ । औपचारिक कार्यक्रममा सिद्धिचरण श्रेष्ठको सालिक रहेको स्थानमा गएर सिद्धिचरण नगरपालिकाका नवनिर्वाचित प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरु, नगरपालिकाका निवर्तमान प्रमुख, जिल्ला स्थित साहित्यकार, पत्रकारहरुले समेत जन्मजयन्तीको अबसरमा श्रेष्ठको सालिकमा माल्यार्पण गरेका थिए ।

औपचारिक कार्यक्रमा आयोजित कवि गोष्ठिमा विभिन्न कवि तथा साहित्यकारहरुले आफ्नो गजल तथा कविता समेत वाचन गरेका थिए । कार्यक्रममा उपस्थित अतिथीहरुले सम्बोधन गर्दै युगकवि श्रेष्ठको योगदानको बारेमा चर्चा गरेका थिए ।