नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

मानेभञ्ज्याङ्गमा एककिशोरी घाईते, अचेत अबस्थामा फेला, बलात्कृत भएको आशंका

ओखलढुङ्गान्युज   बैशाख, ओखलढुङ्गा ओखलढुङ्गमा आईतबार विहानै एक किशोरी गम्भिर घाईते भएर अचेत अबस्थामा फेला परेकी छन् । मानेभञ्ज्याङ्ग गाउँपालिका वडा नं. ५ धिमिले घर भएका अन्दाजी वर्ष १५–१६ वर्षकी किशोरी घाईते र अचेत अबस्थामा फेला परेकी हुन् ।

आईतवार विहानै काठमाण्डौं जानेक्रममा किशोरीलाई सडकमा लडि रहेको अबस्थामा मानिसहरुले फेला पारेका थिए । किशोरीलाई गम्भिर अवस्थामा भेटेपछि स्थानीयहरुले प्रहरीलाई खबर गरेर उद्धार गरि उपचारका लागि सामुदायीक अस्पताल सोब्रु ल्याईएको छ । किशोरीको अहिले सामुदायीक अस्पताल सोब्रुमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी नायव उपरीक्षक सुकदेव खनालले जानकारी दिए ।

घाईते किशोरीको शरिर भरि गम्भिर चोट लागेको छ । किशोरीलाई केही युवाहरुले सामुहिक बलात्कार गरि पोल खुल्ने भएपछि मार्ने उद्देश्यले कुटपिट गरेको र मरेको ठानेर युवतीलाई छाडेर भागेको जस्तो देखिएको स्थानीयले बताएका छन् । घाईते किशोरी अचेत अवस्थामा रहेकी थिईन् ।

घाईते किशोरीको सामुदायीक अस्पतालमा उपचार भैरहेको छ । किशोरीको शरिरको कपडा र घाउको प्रकृति हेर्दा बलात्कृत भएको जस्तो देखिएको प्रहरी नायव उपरीक्षक खनालले बताए । प्रहरी नायव उपरीक्षक खनालका अनुसार बलात्कृत भए वा नभएको बारेमा अस्पतालले केहि बताएको छैन । घटनाको बारेमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।