नेपाली समय Loading...२०८१ जेष्ठ १ मंगलवार

थुलुङ दुधकोसीका अध्यक्षको पहिलो निर्णय : आफ्नो सेवा सुविधाले एकजना विद्यार्थीलाई एमविविएस पढाउने

ओखलढुङ्गान्युज । ७ जेठ, सोलुखुम्बु । सोलुखुम्बुमा थुलुङ दुधकोसी गाउँपालिकाका नवनिर्वाचित अध्यक्षले आफ्नो सेवा सुबिधाले पालिका भित्रका गरिब जेहेन्दार एकजना विद्यार्थीलाई एमविविएस पढाउन खर्च गर्ने निर्णय गरेका छन् । शुक्रबार आफ्नो पदभार ग्रहण गरेपछि बसेको कार्यपालिकाको पहिलो बैठकमा नवनिर्वाचित अध्यक्ष असिम राईले यस्तो निर्णय गरेका हुन् ।

नवनिर्वाचित अध्यक्ष राईले स्थानीय निर्वाचन २०७९ बैशाख ३० मा भएको मतदानको मतगणनाको क्रममा नेकपा माओवादी केन्द्रको तर्फवाट ४ हजार ४१ मत ल्याएर निर्वाचित भएका थिए । निर्वाचित भएर बुधबार सपथ ग्रहण पश्चात पदभार गरेसँगै बसेको कार्यपालिकाको बैठकमा अध्यक्ष राईले यस्तो निर्णय गरेका हुन् ।

यस बाहेक कार्यपालिकाको पहिलो बैठकले गाउँपालिकाका स्थानीयहरूको सहजताको लागि वातावरण मैत्री विद्युतीय बस चार्जिङ्ग स्टेसन बनाएर विद्युतीय बस सेवा संचालन गर्ने समेत निर्णय गरेका छन् ।