नेपाली समय Loading...२०८१ बैशाख १८ मंगलवार

लिखु गाउँपालिकाको जिम्मा कांग्रेसका असोक र एमालेकी अस्मितालाई

ओखलढुङ्गान्युज । ५ जेठ, ओखलढुङ्गा । लिखु गाउँपालिकाको समग्र विकासको गाडी हाक्ने जिम्मा असोक कार्की र अस्मिता थापाले पाएका छन् । स्थानिय तहको निर्वाचन २०७९ मा गाउँपालिकावाट अत्याधिक मत सहित गाउँपालिकाको प्रमुख र उपप्रुमखमा विजयी भएपछि पालिका हाक्ने जिम्मा कार्की र थापाले पाएका हुन् ।

लिखु गाउँपालिकामा आफ्नो मुख्य प्रतिद्वन्द्वी नेकपा एमालेका मिलन कुमार विष्टलाई २८४ मतान्तरले पछि छाड्दै नेपाली कांग्रेसका असोक कुमार कार्की विजयी भए । कार्कीले ३ हजार ७७६ मत पाए । त्यस्तै एमालेका विष्टले ३ हजार ४९२ मत मात्र पाए । स्थानिय तहको निर्वाचनमा थोरै मतले पराजय व्यहोरेका कार्की यसपटक भने धेरै मतको अन्तरमा विजयी भए । कार्की ओखलढुङ्गाको भुमि आयोगको जिल्ला अध्यक्ष पदवाट राजिनामा गरेर लिखु गाउँपालिकाका अध्यक्ष पदमा उमेद्वार बनेका थिए ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा नेकपा एमालेकी अस्मिता थापा विजयी भएका छन् । थापाले ४ हजार ११६ मत ल्याएर विजयी भईन् । लिखुमा धेरै युवाहरुको मन जित्दै थापा उपाध्यक्ष पदमा विजयी भईन् । उनी एमालेका अध्यक्ष वली निकटको मानिन्छिन् । थापाका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी प्रेम कुमारी दाहालले ३ हजार ८३ मत पाईन् ।

लिखु गाउँपालिकाका वडा अध्यक्ष कहाँ को ?

वडा नं. १ मा एमालेका हिरा बहादुर कार्की निर्वाचित भएका छन् ।

वडा नं. २ मा नेपाली कांग्रेसका राम कुमार बुढाथाकी निर्वाचित भएका छन् ।

वडा नं. ३ मा नेकपा एमालेका सोकर्ण श्रेष्ठ निर्वाचित भएका छन् ।

वडा नं. ४ मा नेपाली कांग्रेसका घन बहादुर कार्की निर्वाचित भएका छन् ।

वडा नं. ५ मा कांग्रेसकै  मोहन बहादुर कार्की निर्वाचित भएका छन् ।

वडा नं. ६ मा माओवादी केन्द्रका टिका बहादुर क्याप्छाकी मगर निर्वाचित भएका छन् ।

वडा नं. ७ मा नेपाली कांग्रेसका तारा बहादुर तामाङ निर्वाचित भएका छन् ।

वडा नं. ८ मा नेपाली कांग्रेसका पुरुषोत्तम पौडेल निर्वाचित भएका छन् ।

वडा नं. ९ मा नेकपा एमालेका केशवहरि ढुङ्गेल निर्वाचित भएका छन् ।