नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

लिखु ६ मा माओवादीका मगर वडा अध्यक्षमा पुन निर्वाचित

ओखलढुङ्गान्युज । ३ जेठ, यसम । स्थानिय तहको निर्वाचनको मतगणना लिखुमा अन्तिम चरणमा पुगेको छ । यसैक्रममा लिखु गाउँपालिका वडा नं. ८ को अन्तिम मत परिणाम सार्वजनिक हुदाँ खाल्डेमा नेकपा माओवादी केन्द्रका टिका बहादुर क्याप्छाकी मगर विजयी भएका छन् ।

२०७४ सालमा आफ्नो प्यानल सहित विजयी भएका मगरको वडामा यसपटक भने मिश्रित नतिजा आएको छ । वडा नं. ८ मा वडा अध्यक्ष, एक खुला सदस्य र एक दलित महिला सदस्यमा माओवादी केन्द्रका उमेद्वार विजयी भएका छन् । त्यस्तै एक महिला सदस्यमा नेपाली कांग्रेस र एक खुला पुरुष सदस्यमा भने नेकपा एमालेका उमेद्वार विजयी भएका छन् ।

वडा नं. ८ वाट गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसले ३१८, माओवादी केन्द्रले २३५, नेकपा एमालेले १९२ र एकिकृत समाजवादीले ५२ मत पाएको छ । त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा पनि कांग्रेसले २७३, एमालेले २६०, माओवादी केन्द्रले २४० र एकिकृत समाजवादीले ९ मत पाएको छ ।

लिखु गाउँपालिका वडा नं. ८ को अन्तिम मतपरिणाम सार्वजनिक हुदा गाउँपालिकाको अध्यक्ष पदमा एमालेका मिलन विष्टलाई पछि पार्दै नेपाली कांग्रेसका असोक कार्की २१ मतले अगाडी बढेका छन् । वडा नं. ५ को मतगणना जारी रहेको छ ।