नेपाली समय Loading...२०८१ बैशाख २३ आईतवार

ब्रेकिङ न्यूज : लिखु ३ मा १८१ मत गणना गर्नु अगावै एमालेका श्रेष्ठ निर्वाचित

ओखलढुङ्गान्युज जेठ, यसम लिखु गाउँपालिकाको वडा नं. ३ को मतगणना कार्य जारी रहेको छ । मतगणना जारी रहदा एमालेका सोकर्ण श्रेष्ठ वडाको १८१ मत गणना गर्नु अघि नै निर्वाचित भएका छन् ।

लिखु वडा नं. ३ मा १०८१ मत खसेको थियो । कूल खसेको मत मध्ये हाल सम्म ८०० मतको परिणाम सार्वजनिक भैसकेको छ । सार्वजनिक मत परिणाम अनुसार श्रेष्ठले कांग्रेसका वडा अध्यक्षका उमेद्वार गोपाल खड्कालाई २०३ मतले उछिनेका छन् ।

८०० मत गणना गर्दा एमालेका उमेद्वार श्रेष्ठले ४९१ मत पाएका छन् भने कांग्रेसका उमेद्वार खड्काले २८८ मत मात्र पाएका छन् । वडा नं. ३ मा अव १८१ मत गणना गर्न बाँकी छ । मत गणना कार्य जारी रहेको छ ।