नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

मोलुङमा गठबन्धनलाई पछि पारे अघि बढ्दै एमाले

ओखलढुङ्गान्युज जेठ, प्राप्चा मोलुङ गाउँपालिकामा हालसम्म ५ ओटा वडाहरुको मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक भएको मत परिणाम अनुसार मोलुङको वडा नं. ३, ७ र ८ मा नेकपा एमालेले विजयी हासिल गरेको छ भने वडा नं. २ र ४ मा कांग्रेसले विजयी हासिल गरेको छ ।

गाउँपालिकाका ३ ओटा वडाहरुमा विजयी भएसँगै एमालेले गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा पनि आफ्नो अग्रतालाई बढाउदै लगेको छ । मोलुङ गाउँपालिका वडा नं. १ को ६ सय मत गणना सकिदा एमालेका अध्यक्ष पदका उमेद्वारले गठबन्धनका उमेद्वारलाई १०६ मतले उछिनेका छन् ।

त्यस्तै उपाध्यक्ष पदका उमेद्वारले पनि गठबन्धनका उमेद्वारलाई दोब्बर भन्दा बढि अर्थात १३५४ मतले उछिनेका छन् । गाउँपालिकाका उपाध्यक्षमा एमालेका उमेद्वार लगभग अब विजयको नजिक देखिएका छन् भने अध्यक्ष पदमा भने प्रतिष्पर्धा नै देखिएको छ । मोलुङको वडा नं. २ को मतगणना गर्दा फराकिलो मत अन्तरले अग्रता लिएका गठबन्धनका उमेद्वार अन्य ३ ओटा वडाको मत गणना गर्दा पछि परेका थिए ।

मोलुङमा वडा नं. १ को ६०० मत गणना सकिदा गाउँपालिकाको अध्यक्षमा एमालेले २५८७, गठबन्धनको कांग्रेसले २४८१, एकिकृत समाजवादीले ९९, राप्रपाले ५८ र मालेले १४ मत पाएको छ । त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा पनि एमालेले २७८३, गठबन्धनको माओवादी केन्द्रले १४२९, एकिकृत समाजवादीले ५८ र राप्रपाले ३१ मत पाएको छ ।