नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

लिखु गाउँपालिकाको वडा नं. ८ मा गठबन्धनका पौडेल विजयी

ओखलढुङ्गान्युज जेठ, यसम लिखु गाउँपालिकाको वडा नं. ८ को अन्तिम मतगणना कार्य सकिएको छ । मतगणनाको नतिजा सार्वजनिक हुँदा वडा नं. ८ टारकेराबारीमा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस गठबन्धनका उमेद्वार पुरुषोत्तम पौडेल विजयी भएका छन् ।

विजयी भएका पौडेलले ७२८ मत पाएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका दुर्गाहरि पौडेलले ५४५ मत मात्र पाएका छन् । बाँकी रहेको वडा सदस्य पदमा भने दुई खुला पुरुष र एक दलित महिला सदस्यमा नेकपा माओवादी केन्द्रका उमेद्वारहरु विजयी भएका छन् भने एक महिला सदस्यमा भने नेकपा एमालेका उमेद्वार विजयी भएका छन् ।

त्यसैगरि वडा नं. ८ को अन्तिम मत परिणाम सार्वजनिक हुँदा लिखु गाउँपालिका वडा नं. ८ वाट गाउँपालिकाको अध्यक्ष पदमा एमालेले ६५९ मत पाएको छ । त्यसैगरि पालिका अध्यक्ष पदमा कांग्रेसले ५१४, माओवादी केन्द्रले १०३, एकिकृत समाजवादीले ६ मत पाएका छन् ।

त्यसैगरि गाउँपालिकाको उपाध्यक्ष पदमा पनि एमालेले अग्रमत पाएको छ । जस अनुसार एमालेले ६७१ मत पाएको छ । त्यहाँ उपाध्यक्ष पदमा कांग्रेसले ४६२, माओवादी केन्द्रले १२३, एकिकृत समाजवादीले ३ मत पाएका छन् ।

अब लिखु गाउँपालिकामा वडा नं. ३ नर्मदेश्वरको मतगणना सुरु भएको छ ।