नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

मोलुङ ३ मा एमालेका सुनुवार विजयी

ओखलढुङ्गान्युज जेठ, प्राप्चा स्थानीय तहको निर्वाचन २०७९ को मतगणना जारी रहदा मोलुङ गाउँपालिकाको वडा नं. ३ मा एमालेका मित्र बहादुर सुनुवार विजयी भएका छन् । सुनुवार वडामा आफ्नो प्यानल सहित नै विजयी बनेका हुन् ।

एमालेवाट वडा अध्यक्षमा निर्वाचित सुनुवारले ४४३ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उमेद्वारले २३२ मत मात्र पाएका छन् । त्यस्तै वडा अध्यक्षमा माओवादी केन्द्रका उमेद्वारले भने ९ मत पाए ।

त्यसैगरि वडा ३ वाट गाउँपालिकाको अध्यक्षमा एमालेले ४७३, कांग्रेसले १५७, समाजवादीले १८ र मालेले ५ मत पाए । त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा पनि एमालेले ४७२, माओवादी केन्द्रले ९१ र एकिकृत समाजवादीले ६ मत पाएका छन् ।

३ ओटा वडाको मत गणना गर्दा सम्म गाउँपालिकाको अध्यक्ष पदमा अग्रता कायम गरेको नेपाली कांग्रेसका गाउँपालिकाका अध्यक्ष पदका उमेद्वार मोलुङ ३ को मतगणना पछि भने पछाडी परेका छन् । मोलुङ ३ को मतगणना सँगै गाउँपालिकाको अध्यक्ष पदमा एमालेले करीब ३ सय मतले अग्रता कायम गरेको छ ।