नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

सिद्धिचरण नगरपालिकाको ठूलाछापमा माओवादीका बशन्त विजयी

ओखलढुङ्गान्युज जेठ, ओखलढुङ्गा स्थानिय तहको निर्वाचनको मतगणना अन्तर्गत सिद्धिचरण नगरपालिकाको वडा नं. २ ठूलाछापमा माओवादी केन्द्रका बशन्त कटवाल निर्वाचित भएका छन् । आफ्नो प्रतिद्वन्द्वीलाई फराकिलो मतको फरकमा हराउदै कटवाल विजयी भएका हुन् ।

वडा अध्यक्ष पदमा कटवालले ८२७ मत पाए । उनका निकटतम प्रतिद्वन्द्वी एमालेका उमेद्वारले ५४० मत पाएका छन् । वडा अध्यक्ष पदमा त्यहाँ एकिकृत समाजवादीका उमेद्वारले ७५ मत पाएका छन् ।

ठूलाछापवाट सिद्धिचरण नगपालिकाको मेयरका लागि एमालेका उमेदवारले ५१२, कांग्रेसले ७४५, जसपाले २४ र एकिकृत समाजवादीले ५६ मत पाएको छ । त्यसैगरि नगरपालिकाको उपमेयर पदका लागि एमालेले ६३९, माओवादी केन्द्रले ६६५, जसपाले ३ र एकिकृत समाजवादीले ५५ मत पाएका छन् ।

सिद्धिचरण नगरपालिका वडा नं. २ नेकपा एमालेको १०औं जिल्ला अधिबेशनवाट निर्वाचित भएका अध्यक्ष शंकर कटवालको वडा समेत हो । पार्टीका जिल्ला अध्यक्षको वडामा एमालेका उमेद्वारले हार्नु र नगरपालिकाका प्रमुख र उपप्रमुखमा समेत कम मत आएको भन्दै एमालेका कार्यकताहरुले असन्तुष्टि जनाएका छन् ।