नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

लिखुमा कांग्रेसले खाता खोल्यो, २ को वडा अध्यक्षमा कांग्रेसका बुढाथोकी विजयी

ओखलढुङ्गान्युज जेठ, यसम स्थानिय तहको निर्वाचन २०७९ अन्तर्गत लिखु गाउँपालिकामा नेपाली कांग्रेसले विजयको खाता खोलेको छ । स्थानिय निर्वाचनमा वडा नं. २ मा नेपाली कांग्रेसका राम कुमार बुढाथोकी विजयी भएका छन् ।

वडा अध्यक्ष पदमा विजयी भएका बुढाथोकीले ३३१ मत पाएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पूर्व वडा अध्यक्ष रामहरि बुढाथोकीले ३२१ मत पाएका थिए भने नेकपा माओवादी केन्द्रका अध्यक्ष पदका प्रत्यासी शिबराम खड्काले १७४ मत पाएका छन् ।

वडामा वडा अध्यक्ष र १ महिला सदस्य नेपाली कांग्रेसले जितेको छ । त्यस्तै दुई खुल्ला र एक महिला सदस्य भने एमालेका उमेद्वार विजयी भएका छन् । एमालेवाट विजयी बनेका तिनै जना उमेद्वार माओवादी केन्द्रवाट एमाले प्रबेश गरेका उमेद्वारहरु हुन् ।

त्यसैगरि गाउँपालिकाको अध्यक्ष तर्फ वडा नं. २ वाट एमालेले ३९८, कांग्रेसले ३३६, माओवादी केन्द्रले ८८ र एकिकृत समाजवादीले १ मत पाएका छन् । त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा पनि एमालेले ३३६, कांग्रेसले ३७५ र माओवादी केन्द्रले ८७ मत पाएको छ ।