नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

लिखुको वडा नं. २ मा रोचक प्रतिष्पर्धा , वडा अध्यक्षमा एमाले २ मत अगाडी

ओखलढुङ्गान्युज जेठ, यसम स्थानिय तहको निर्वाचन २०७९ को मत गणनाको क्रममा लिखु गाउँपालिकामा रोचक प्रतिष्पर्धा देखिएको छ । निर्वाचनमा वडामा खसेको कूल मत मध्ये ६०० मत गणना गर्दा कांग्रेस भन्दा एमाले २ मतले मात्र अगाडी रहेको छ ।

मतगणनाको क्रममा यो समाचार तयार पार्दै गर्दा सम्म ६ सय मत गणना भैसकेको छ । जसमध्ये नेकपा एमालेका वडा अध्यक्षका उमेद्वारले २२६ मत पाएका छन् भने नेपाली कांग्रेसका वडा अध्यक्षका उमेद्वारले २२४ मत पाएका छन् । पहिले २ सय र ४ सय मत गणना गर्दा पनि वडा नं. २ मा कांग्रेसलाई एमालेले ८ मत र १० मतले मात्र लिड गरेको थियो ।

वडा नं. २ मा ८६४ मत खसेको छ । मतगणना कार्य जारि रहेको छ ।