नेपाली समय Loading...२०८१ जेष्ठ ५ शनिबार

मोलुङ २ को वडा अध्यक्षमा कांग्रेसका कार्की प्यानल सहित विजय

ओखलढुङ्गान्युज । १ जेठ, प्राप्चा । मोलुङ गाउँपालिकाको वडा नं. २ को वडा अध्यक्षमा नेपाली कांग्रेसका टंक बहादुर कार्की विजयी भएका छन् । कांग्रेसको गढ मानिएको उक्त वडामा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार तोयानाथ काफ्ले कडा प्रतिष्पर्धात्मक मतले हराउदै कार्की विजय भएका हुन् ।

विजय भएका कांग्रेसका कार्कीले ७५६ मत पाएका थिए भने प्रतिद्वन्द्वी एमालेका काफ्लेले ७२७ मत मात्र पाएका छन् । वडा नं. २ वाट गाउँपालिकाको अध्यक्ष पदका लागि कांग्रेसले १०१३ मत पाएको छ । त्यस्तै त्यहाँ गाउँपालिका अध्यक्ष पदमा एमालेले ४५६, एकिकृत समाजवादीले २, राप्रपाले ५२ र नेकपा मालेले ९ मत पाएको छ ।

त्यसैगरि गाउँपालिकाको उपाध्यक्ष पदमा पनि एमालेले ५५६, माओवादी केन्द्रले ५९६, एकिकृत समाजवादीले ४ र राप्रपाले २५ मात पाएका छन् । मोलुङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका विचमा गठबन्धन भएको छ । गठबन्धनका कारण पालिकाको अध्यक्ष पदमा कांग्रेस र उपाध्यक्ष पदमा माओवादी केन्द्रका मात्र उमेद्वार रहेका छन् ।