नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

ब्रेकिङ समाचार, सिद्धिचरण २ मा १५० मत गन्नु अगाडी नै माओवादीका बशन्त विजयी

ओखलढुङ्गान्युज । १ जेठ, ओखलढुङ्गा । सिद्धिचरण नगरपालिकाको वडा नं. २ मा मतगणना सकिनु पहिल्यै नेकपा माओवादी केन्द्रका बशँत कटवाल विजयी भएका छन् ।

कटवालले आफ्ना मुख्य प्रतिद्वन्द्वी एमालेका उमेद्वारलाई झण्डैं ३०० अर्थात २९१ मतले पछि पारेका छन् ।

अहिलेसम्म सिद्धिचरण नगरपालिकामा खसेको कूलमत मध्ये १४०३ मतको गणना कार्य सकिएको छ । सिनपा २ ठूलाछापमा स्थानिय तहको निर्वाचन २०७९ मा कूल मत १५५३  खसेको थियो । अब त्यहाँ १५० मत मात्र गन्न बाँकी रहेको छ ।