नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

मोलुङ ७ मा एमालेका सुनुवार प्यानल सहित

ओखलढुङ्गान्युज जेठ, प्राप्चा मोलुङ गाउँपालिका वडा नं. ७ मा नेकपा एमालेका वडा अध्यक्षका उमेद्वार हेम बहादुर सुनुवार प्यानल सहित नै विजय भएका छन् । आईतवार सार्वजनिक भएको अन्तिम मत परिणाम अनुसार सुनुवार लोकप्रिय मतका साथ विजय भएका हुन् ।

वडा अध्यक्षमा विजय भएका सुनुवारले ४४५ मत पाएका छन् । मोलुङ ७ मा वडा अध्यक्ष पदमा उमेद्वार बनेका कांग्रेसका उमेद्वारले २६९, माओवादी केन्द्रका उमेद्वारले १५ तथा एकिकृत समाजवादीका उमेद्वारले २१ मत प्राप्त गरेका छन् ।

त्यस्तै गाउँपालिकाको अध्यक्ष पदमा एमालेले ४२३, कांग्रेसले २४९ तथा एकिकृत समाजवादीले ३४ मत पाएको छ । गाउँपालिकाको उपाध्यक्ष पदमा पनि एमालेले ४३३, माओवादी केन्द्रले १०२ तथा एकिकृत समाजवादी पार्टीका उमेद्वारले ४१ मत पाएका छन् ।