नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

सिद्धिचरण नगरपालिकाको वडा नं. ११ मा कांग्रेसको प्यानल नै विजयी

ओखलढुङ्गान्युज जेठ, ओखलढुङ्गा सिद्धिचरण नगरपालिकामा जारि मतगणना अनुसार वडा नं. ११ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा नं. ११ मा कांग्रेसका वडा अध्यक्षका उमेद्वार विनोद कुमार ताम्राकारको प्यानल नै विजयी बनेको हो ।

वडा अध्यक्ष पदका उमेद्वार ताम्राकार ५४३ मतका साथ विजयी भएका हुन् । वडा अध्यक्ष पदमा त्यहाँ एमालेले ४९४, एकिकृत समाजवादीले १३, जसपाले १५ र राप्रपाका उमेद्वारले १५ मत पाएका छन् ।

त्यसैगरि नगरपालिकाको प्रमुख पदको उमेद्वारहरुमा एमालेले ३४६, कांग्रेसले ६५८, जसपाले १२, एकिकृत समाजवादीले ९, राप्रपाले ९ र स्वतन्त्र उमेद्वार धारा चिन्हले १० मत पाएको छ । त्यस्तै उपप्रमुख पदमा माओवादी केन्द्रले ४९८, एमालेले ३६५ जसपाले १३, एकिकृत समाजवादीले २४ र राप्रपाले १७ मत पाएको छ ।

अहिले नगरपालिकामा वडा नं. २ को मतगणना जारी छ । वडा नं. २ को पनि अन्तिम मत परिणाम आउने क्रममा रहेको छ । नगरपालिकामा पनि गठबन्धनका उमेद्वारहरु नै अगाडी रहेका छन् ।