नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

लिखुमा एमालेका अग्रता कायमै

ओखलढुङ्गान्युज जेठ, यसम स्थानिय तहको निर्वाचन २०७९ अन्तर्गत मतगणनाको पछिल्लो तथ्यांक अनुसार लिखुमा एमालेले आफ्नो अग्रतालाई कायमै राखेको छ । गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदमा एमालेका उमेद्वारहरुले आफ्नो प्रमुख प्रतिद्वन्द्वी नेपालीका कांग्रेसका उमेद्वारहरुलाई दोब्बर मतले पछाडी पारेका छन् ।

लिखु गाउँपालिकाको वडा नं. २ को पहिलो मतगणना सार्वजनिक गर्दैगर्दा लिखुमा एमालेका अध्यक्षका उमेद्वार मिलन विष्टले १०८२ मतका साथ अग्रता लिई रहेका छन् । उनलाई कांग्रेसका अशोक कार्कीले ६४२ मतका साथ पछ्याईरहेका छन् । त्यस्तै अध्यक्ष पदमा माओवादी केन्द्रका एकिन्द्रराज कटवालले १६४ तथा एकिकृत समाजवादीका नेत्र भट्टराईले ७५ मत पाएका छन् ।

त्यसैगरि उपाध्यक्ष पदमा पनि एमालेका अस्मिता थापा ११३३ मतका साथ अग्रतालाई कायम राखेका छन् । उपाध्यक्ष पदमा लिखुमा कांग्रेसले ५३०, माओवादी केन्द्रले २१२ र एकिकृत समाजवादीले ७४ मत मात्र पाएको छ ।

मतगणनाको क्रममा २०७४ सालमा आफूले जितेका वडाहरुलाई कायम राख्दै कांग्रेसले जितेको वडामा समेत एमालेले जित हासिल गरेको छ । एमाले बाहेक अन्य दलहरुले स्थानीय वडाहरुमा गरिएको मतगणनामा कार्यकर्ताको भोटलाई भने रक्षा गर्न नसकेको देखिएको छ ।