नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

स्थानिय निर्वाचन अपडेट : लिखु ९ मा एमालेको प्यानल नै विजयी

ओखलढुङ्गान्युज जेठ, यसम लिखु गाउँपालिका वडा नं. नेकपा एमालेका उमेद्वार केशबहरि ढुङ्गेलको प्यानल नै विजयी भएको छ । आईतबार विहान सार्वजनिक भएको अन्तिम मतपरिणाम अनुसार एमालेका ढुङ्गेल प्यानल सहित विजयी भएका हुन् ।

निर्वाचित भएका ढुङ्गेलले ४६६ मत पाउदै विजयी बनेका हुन् । त्यस्तै वडा अध्यक्ष पदमा कांग्रेसका रमेश कुमार घिमिरेले २९०, माओवादी केन्द्रका ठाकुर घिमिरेले १८७, एकिकृत समाजवादीका सूर्य बहादुर तामाङले २२० तथा नेशनल मंगोलका सुन बहादुर तामाङले १० मत पाए ।

त्यसै गरि गाउँपालिकाको अध्यक्ष पदमा एमालेले ७१४, कांग्रेसले २६४, माओवादी केन्द्रले ९४, एकिकृत समाजवादीले ७४, राप्रपाले ९ र नेशनल मंगोलले ११ मत पाए । त्यसैगरि गाउँपालिकाको उपाध्यक्ष पदमा पनि एमालेले ६८६, कांग्रेसले २२२, माओवादी केन्द्रले १४७, नेशनल मंगोलले १० र स्वतन्त्रका चुनाव चिन्ह धाराले ३ मत पाएको छ ।

अब लिखु गाउँपालिकामा वडा नं. २ को मतगणना सुरु गरिएको छ ।