नेपाली समय Loading...२०८१ जेष्ठ २ बुधबार

स्थानिय निर्वाचन अपडेट : सिनपा १ मा कांग्रेसको प्यानल नै विजयी

ओखलढुङ्गान्युज जेठ, ओखलढुङ्गा स्थानिय निर्वाचन २०७९ अन्तर्गत सिद्धिचरण नगरपालिकाको वडा नं. १ मा नेपाली कांग्रेसका उमेद्वार प्यानलै सहित विजयी भएका छन् । कांग्रेसवाट वडा अध्यक्षको उमेद्वार बनेका तिर्थ घिमिरे प्यानल सहित विजयी बनेका हुन् ।

त्यहाँ निर्वाचित घिमिरेले ६२३ मत पाएका छन् । घिमिरेका निकटतम प्रतिद्वन्द्वी एमालेका पुष्पराज श्रेष्ठले ५३० मत पाएका थिए ।

नगरपालिकाको वडा नं. १ वाट सिद्धिचरण नगरपालिकाको प्रमुख पदका लागि कांग्रेसले ६०५, एमालेले ५२७ मत पाएका छन् । त्यस्तै एकिकृत समाजवादीले १, जसपाले ३, राष्ट्रिय जनमोर्चाले १ र स्वतन्त्र उमेद्वारको धारा चिन्हमा १२ मत परेको छ ।

त्यसैगरि नगरपालिकाको उपप्रमुख पदमा पनि माओवादी केन्द्रले ४६४, एमालेले ५९८, एकिकृत समाजवादीले २, जसपाले १ र जनमोर्चाले १ मत पाएका छन् ।