नेपाली समय Loading...२०८१ जेष्ठ ३ बिहीबार

मोलुङमा एमालेले खाता खोल्यो, वडा नं. ८ मा प्यानल सहित विजय

ओखलढुङ्गान्युज जेठ, प्राप्चा मोलुङ गाउँपालिकाको वडा नं. २ को मतगणना सकिएको छ । सार्वजनिक गरिएको अन्तिम मत परिणाम अनुसार वडा अध्यक्ष पदमा मोलुङ गाउँपालिकाको वडा नं. ८ रागादिपमा एमालेको प्यानल नै विजयी भएको छ ।

वडा नं. ८ मा एमालेका वडा अध्यक्षका उमेद्वार सुधिर राईले ५७८ मत प्राप्त गरि विजयी बनेका हुन् । त्यहाँ नेपाली कांग्रेसका वडा अध्यक्षका उमेद्वार दिनेश राईले ३९९ तथा माओवादी केन्द्रका उमेद्वार दावा शेर्पाले १५ मत प्राप्त गरे ।

त्यसैगरि वडा नं. ८ मा गाउँपालिकाको अध्यक्ष पदका लागि एमालेले ६७८ तथा कांग्रेसले २९६ मत पाएको छ भने एकिकृत समाजवादीले १ मत पाएको छ । त्यसैगरि गाउँपालिकाको उपाध्यक्ष पदमा पनि एमालेले ६२४ र माओवादी केन्द्रका उमेद्वारले १६९ मत पाएका छन् ।

अव मोलुङमा वडा नं. १ को मतगणना गर्ने तयारी थालिएको छ ।