नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

मानेभञ्ज्याङ्ग ९ मा एमालेका पूर्ण आले मगर विजयी

ओखलढुङ्गान्युज ३१ बैशाख, मानेभञ्ज्याङ्ग स्थानिय तहको निर्वाचन २०७९ अन्तर्गत मानेभञ्ज्याङ्गमा नेकपा एमालेले विजयी यात्रा सुरु गरेको छ । गाउँपालिकाको वडा नं. ९ को वडा अध्यक्षमा एमालेका पूर्ण आले मगर विजयी हुदै एमालेको खाता खोलेका हुन् ।

एमालेका मगरले ५९५ मत पाए । त्यहाँ कांग्रेसका वडा अध्यक्षका उमेद्वार ५४१, माओवादीका उमेद्वारले ९, नेशनल मंगोल अर्गनाईजेशनकाले १४ तथा जसपाले १ मत पाए ।

त्यसैगरि वडाको अन्तिम मत परिणाम अनुसार गाउँपालिकाको अध्यक्ष पदमा एमालेले ५५१, माओवादी केन्द्रले १०, नेशनल मंगोल अर्गनाईजेशनले ९ तथा कांग्रेससँगको गठबन्धनका उमेद्वार धारा चिन्हले ५१४ मत पाएको छ ।

त्यसैगरि उपाध्यक्ष पदमा पनि गठबन्धनका तर्फवाट कांग्रेसले ५३७, जसपाले ३२५, माओवादी केन्द्रले ९ तथा नेशनल मंगोलले ९ मत पाएको छ ।