नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

सिद्धिचरण नपामा कांग्रेसले खाता खोल्यो, वडा अध्यक्षमा उमंग विजयी

ओखलढुङ्गान्युज । ३१ बैशाख, ओखलढुङ्गा । स्थानीय तहको निर्वाचन २०७९ को मत परिणाम सार्वजनिक हुदै गर्दा सिद्धिचरण नगरपालिकाको वडा नं. १२ को वडा अध्यक्ष पदमा विजयी हुदै नेपाली कांग्रेसले नगरपालिकामा खाता खोलेको छ । नगरपालिकाको वडा नं. १२ को वडा अध्यक्ष पदमा कांग्रेसका उमंग श्रेष्ठ विजयी भएका हुन् ।

नगरपालिका अन्तर्गत वडा नं. १२ कांग्रेसका श्रेष्ठले ३७६ मत पाए । त्यहाँ उनका निकटतम प्रतिद्वन्द्वी एमालेका विनोद कुमार श्रेष्ठले ३४८ मत पाए । वडा सदस्यहरुमा भने महिला, दलित महिला र १ खुला सदस्यमा कांग्रेसका उमेद्वार विजयी भएका छन् भने १ खुला सदस्यमा भने एमालेका उमेद्वार विजयी भएका छन् ।

सिद्धिचरण नगरपालिकाको वडा नं. १२ मा खसेको ७५८ मत गणना हुँदा नगरपालिकाको प्रमुखमा गठबन्धनवाट नेपाली कांग्रेसका तेजेन्द्र खनालले ४७३ मत पाएका छन् । त्यस्तै मगर प्रमुखमा नेकपा एमालेका ईच्छा कुमारी गुरुङले २०९ मत पाएका छन् । त्यसैगरि नगरपालिकाको उपप्रमुख पदमा पनि गठबन्धनका तर्फवाट माओवादी केन्द्रका उमेद्वार रुपेश शाक्यले ५३३ मत पाएका छन् भने एमालेका केदारबाबु बस्नेतले १४३ मत पाएका छन् ।

अब नगरपालिकामा वडा नं. १ को मतगणनाको तयारी थालिएको छ ।