नेपाली समय Loading...२०८१ बैशाख २० बिहीबार

स्थानीय निर्वाचन अपडेट ः मोलुङमा गठबन्धन अगाडी

ओखलढुङ्गान्युज ३१ बैशाख, प्राप्चा स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत मोलुङ गाउँपालिकामा मतगणना कार्य भैरहेको छ । पछिल्लो सार्वजनिक तथ्यांक अनुसार मोलुङमा कांग्रेस–माओवादी गठबन्धनको टीम अगाडी देखिएको छ ।

१२ सय मत गणना पश्चात सार्वजनिक भएको तथ्यांक अनुसार मोलुङमा गठबन्धनका तर्फवाट नेपाली कांग्रेसका उमेद्वारले ७१२ मत पाएका छन् । त्यस्तै पालिकाको अध्यक्ष पदमा एमालेका उमेद्वारले ३३४, एकिकृत समाजवादीले १, राप्रपाले ३९ र नेकपा मालेले ६ मत पाएका छन् ।

त्यसैगी गाउँपालिकाको उपाध्यक्ष पदमा पनि झिनो मतका साथ गठबन्धनका तर्फवाट माओवादी केन्द्रका उमेद्वारले लिड गरेका छन् । सार्वजनिक भएको तथ्यांक अनुसार माओवादी केन्द्रका उमेद्वारले ४२६ तथा एमालेका उमेद्वारले ४०५ मत पाएका छन् । त्यस्तै उपाध्यक्ष पदमा एकिकृत समाजवादीले ३ तथा राप्रपाले १५ मत पाएको छ ।

मोलुङ गाउँपालिकाको वडा नं. २ मा १ हजार ७३४ मत खसेकोमा १२ सय मतको परिणाम सार्वजनिक भएको र अन्य मतको गणना कार्य पनि भैरहेको त्यहाँवाट माधव कार्कीले जानकारी दिनुभयो ।