नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

चिशंखुगढीमा माओवादी केन्द्रले खाता खोल्यो, वडा नं. १ मा कटवालको प्यानलै विजयी

ओखलढुङ्गान्युज ३१ बैशाख, सेर्ना स्थानीय तहको निर्वाचन २०७९ अन्तर्गत चिशंखुगढी गाउँपालिकामा नेकपा माओवादी केन्द्रले जितको खाता खोलेको छ । चिशंखुगढी गाउँपालिकामा माओवादी केन्द्रका उषक कटवालको टीम प्यानल सहित विजयी भएसँगै त्यहाँ माओवादी केन्द्रले खाता खोलेको हो ।

चिशंखुगढी गाउँपालिकाका वडा नं. १ मा माओवादी केन्द्रका उषक कटवाल ३४७ मतका साथ प्यानल नै विजयी भएका हुन् । त्यहाँ वडा अध्यक्ष पदका एमालेका उमेद्वारले २४६ तथा नेपाली कांग्रेसका उमेद्वारले २०९ मत पाएका छन् ।

त्यस्तै गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्ष पदका लागि भएको मतदानमा पनि वडा नं. १ मा गठबन्धनका तर्फवाट उमेद्वार बनेका माओवादी केन्द्रका उमेद्वारले मतमा अग्रता कायम गरेका छन् । अध्यक्ष पदमा गठबन्धनको तर्फवाट उमेद्वार बनेका माओवादी केन्द्रका उमेद्वारले ५२१ मत पाएका छन् भने एमालेका उमेद्वारले २५५ मत पाएका छन् । त्यस्तै पालिका अध्यक्षमा एकिकृत समाजवादीले १६ र जसपाले १ मत पाएको छ ।

त्यसैगरि उपाध्यक्ष पदमा पनि गठबन्धनका तर्फवाट उमेद्वार बनेका कांग्रेसका उमेद्वारले ३९९, एमालेका उमेद्वारले २५५, एकिकृत समाजवादीले २१ र जसपाले ४ मत पाएको छ । वडा नं. १ को मतगणना फाईनल भएसँगै चिशंखुगढीमा अब वडा नं. ३ को मतगणना गर्न लागिएको छ ।