नेपाली समय Loading...२०८१ बैशाख २१ शुक्रबार

स्थानीय निर्वाचन अपडेट ः लिखुमा एमालेले खाता खोल्यो, प्यानलै विजयी

ओखलढुङ्गान्युज ३१ बैशाख, यसम स्थानीय तहको निर्वाचन अन्तर्गत शनिवार सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार लिखुमा एमालेले खाता खोलेको छ । लिखु गाउँपालिकाको वडा नं. १ मा नेकपा एमालेको प्यानलै विजयी हुदै विजयी यात्राको खाता खोलेको हो ।

लिखु गाउँपालिका वडा नं. १ सिंहदेवीमा आफ्ना मूख्य प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रविन खत्रीलाई ४७ मतान्तरले हराउदै एमालेका हिरा बहादुर कार्की निर्वाचित भएका हुन् । नेकपा एमालेवाट निर्वाचित भएका वडा अध्यक्ष कार्कीले २९० मत पाएका छन् । उनका प्रतिद्वन्द्वी कांग्रेसका खत्रीले २४३ मत मात्र पाए । त्यस्तै वडा अध्यक्ष पदमा माओवादी केन्द्रका उमेद्वारले ९५ र मंगोल नेशनल अर्गनाईजेशनका उमेद्वारले ५ मत पाएका छन् ।

स्थानीय तहको निर्वाचन २०७४ मा सोहि वडावाट १०३ मतको अन्तरमा आफ्ना प्रतिद्वन्द्वी एमालेका उमेद्वारलाई हराउदै कांग्रेसवाट कुमार सुवेदी निर्वाचित भएका थिए । २०७४ मा नै वडा सदस्यमा निर्वाचित भएर जिल्ला समन्वय समितिको सदस्य समेत भएका रामचन्द्र बोगटी पनि यसपटक वडामा नै पराजित हुनुपरेको छ ।

त्यस्तै गाउँपालिकाको अध्यक्ष पदमा पनि लिखु गाउँपालिका १ वाट एमालेले २८५, कांग्रेसले २८३, माओवादी केन्द्रले ५५ तथा मंगोल नेशनल अर्गनाईजेशनले ५ मत पाएको छ । त्यस्तै उपाध्यक्ष पदमा पनि एमालेका उमेद्वारले ३५०, कांग्रेसका उमेद्वारले २३०, माओवादी केन्द्रका उमेद्वारले ४८ मत पाएका छन् ।