नेपाली समय Loading...२०८१ बैशाख ७ शुक्रबार

स्थानीय निर्वाचन अपडेट ः खिजिदेम्बामा जसपाले लियो अग्रता

ओखलढुङ्गान्युज । ३१ बैशाख, खिजीफलाटे । स्थानीय तहको निर्वाचन अन्तर्गत खिजिदेम्बा गाउँपालिकामा पनि मतगणनाको कार्य सुरु भएको छ । गाउँपालिकामा मतदान सम्पन्न हुनासाथ मतपेटिका संकलन गरेर सर्बदलिय बैठक पश्चात मध्यरातिवाट नै मतगणना कार्य सुरुवात गरेको हो ।

शनिवार विहान ७ बजेसम्म खिजिदेम्बामा ७ सय मतगणना सकिएको छ । ७ सय मत गणना सकिदा त्यहाँ जनता समाजवादी पार्टीले अग्रता लिएको छ । ७ सय मतगणना सकिदा खिजिदेम्बा गाउँपालिकाको अध्यक्ष पदमा जनता समाजवादी पार्टीले ३०८, नेपाली कांग्रेसले १९० र एमालेले १४६ मत पाएको छ ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा पनि जसपाले २७८, कांग्रेसले २१० र एमालेले १४९ मत पाएको छ । वडा अध्यक्ष पदमा पनि एमालेले १६०, कांग्रेसले २०३, जसपाले २५७ र माओवादी केन्द्रले २४ मत पाएको छ ।

समग्र जिल्लाका अन्य स्थानीय तहको तुलनमा खिजिदेम्बा गाउँपालिकामा मतगणनाको कार्य तिब्र गतिमा अगाडी बढेको छ । मतगणना कार्य पालिकाको वडा नं. १ रगनीवाट सुरुवात भएको हो । मतगणना कार्य जारी रहेको छ ।