नेपाली समय Loading...२०८१ बैशाख ८ शनिबार

स्थानीय निर्वाचन अपडेट ः मानेभञ्ज्याङ्गमा ज्ञानेन्द्रले लिए अग्रता

ओखलढुङ्गान्युज । ३१ बैशाख, मानेभञ्ज्याङ्ग । स्थानीय तहको निर्वाचन अन्तर्गत मानेभञ्ज्याङ्ग गाउँपालिकामा पनि मतगणनाको कार्य सुरु भएको छ । गाउँपालिकामा मतदान सम्पन्न हुनासाथ मतपेटिका संकलन गरेर सर्बदलिय बैठक पश्चात मध्यरातिवाट नै मतगणना कार्य सुरुवात गरेको हो ।

शनिवार विहान ७ बजेसम्म मानेभञ्ज्याङ्गमा ३ सय मतगणना सकिएको छ । ३ सय मत गणना सकिदा त्यहाँ ज्ञानेन्द्र रुम्दाली सहितको कांग्रेस गठबन्धनले अग्रता लिएका छन् । मानेभञ्ज्याङ्ग गाउँपलिकाको अध्यक्ष पदमा कांग्रेस गठबन्धनको तर्फवाट धारा चिन्हका उमेद्वार ज्ञानेन्द्र रुम्दालीले अग्रता लिएका छन् । रुम्दालीले १५४ मत पाएका छन् । त्यहाँ पालिका अध्यक्ष पदमा एमालेका रुपमलाल तामाङले ६९ र माओवादी केन्द्रका युवराज राईले ४२ मत पाएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा कांग्रेसले १३३, माओवादी केन्द्रले ६८ र जसपाले ५२ मत पाएका छन् । वडा अध्यक्ष पदमा माओवादी केन्द्रका उमेद्वारले १३१, नेपाली कांग्रेसका उमेद्वारले १३७ र एमालेका उमेद्वारले ५ मत पाएका छन् । मतगणना जारी छ ।