नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

स्थानीय निर्वाचन अपडेट ः चिशंखुगढीमा गठबन्धनले लियो अग्रता

ओखलढुङ्गान्युज । ३१ बैशाख, शेर्ना । स्थानीय तहको निर्वाचन अन्तर्गत चिशंखुगढी गाउँपालिकामा पनि मतगणनाको कार्य सुरु भएको छ । गाउँपालिकामा मतदान सम्पन्न हुनासाथ मतपेटिका संकलन गरेर सर्बदलिय बैठक पश्चात मध्यरातिवाट नै मतगणना कार्य सुरुवात गरेको हो ।

शनिवार विहान ७ बजेसम्म चिशंखुगढीमा २ सय मतगणना सकिएको छ । २ सय मत गणना सकिदा त्यहाँ गठबन्धनका उमेद्वारहरुले अग्रता लिएका छन् । चिशंखुगढी गाउँपलिकाको अध्यक्ष पदमा गठबन्धनको तर्फवाट माओवादी केन्द्रका उमेद्वार निशान्त शर्माले ११६ मत पाएका छन् भने एमालेका उमेद्वार अशोक थापाले ६२ मत पाएका छन् ।

त्यस्तै गाउँपालिकाको उपाध्यक्ष पदमा गठबन्धनको तर्फवाट उमेद्वार बनेका कांगे्रसका उमेद्वार श्यामबाबु थापाले १०१ मत पाएका छन् भने एमालेका उमेद्वार सुष्मिका राईले ५७ मत पाएका छन् ।

त्यसैगरि वडा अध्यक्ष पदमा माओवादी केन्द्रका उमेद्वारले ७८, नेपाली कांग्रेसका उमेद्वारले ५३ र एमालेका उमेद्वारले ५५ मत पाएका छन् । मतगणना जारी छ ।