नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

स्थानीय निर्वाचन अपडेट ः लिखुमा एमालेले लियो अग्रता

ओखलढुङ्गान्युज ३१ बैशाख, यसम स्थानीय तहको निर्वाचन अन्तर्गत बैशाख ३० गते भएको मतदानको लिखु गाउँपालिकामा मतगणना कार्य सुरु भएको छ । मतपेटिकाहरु गाउँपालिका कार्यालयमा मतपेटिका राति अबेर मात्र आईपुगेपछि राति अबेरवाट नै मतगणनाको कार्य सुरुवात भएको हो ।

शुक्रबार दिउसो मतदानको क्रममा अपरान्ह पानीका कारण करीब आधा घण्टा रोकिएका भएपनि समयमा नै मतदान कार्य सकिएको लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेश कुमार थापाले जानकारी दिए । थापाका अनुसार लिखु गाउँपालिकाको वडा नं. ६ मा केहि विवाद बाहेक अन्य वडाहरुमा सामान्य रुपमा मतदान कार्य सम्पन्न भएको छ ।

लिखुमा मतदान सकेर मतपेटिका ल्याउने क्रममा टारकेरावारी मतपेटिका बोकेको गाडी भिरमा फस्दा मतपेटका ल्याई पु¥याउन समय लागेको थियो । पालिकाका सवै मतपेटिकाहरु राति ११ः३० बजेमा संकलन भएको थियो । मतपेटिका संकलन हुनासाथ मध्यराति १२ बजेवाट भएको सर्बदलिय बैठक पश्चात राति २ बजेवाट मतगणना गर्ने सहमति भएको थियो ।

सहमति अनुसार लिखु गाउँपालिका वडा नं. १ को मतगणना अहिले भैरहेको छ । २ सय मतगणनाको तथ्यांक सार्वजनिक भएको छ । सार्वजनिक भएको तथ्यांक अनुसार गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसले ७६, नेकपा एमालेले ९६ र नेकपा माओवादी केन्द्रले १२ मत पाएको छ । त्यस्तै गाउँपालिकाका उपाध्यक्ष पदमा कांग्रेसले ६३, एमालेले ११२ र माओवादी केन्द्रले ९ मत पाएको छ ।

त्यसैगरि वडा अध्यक्ष पदमा पनि एमालेले ९७, कांग्रेसले ७० र माओवादी केन्द्रले १९ मत तथा नेशनल मंगोल अर्गनाईजेशनका उमेद्वारले २ मत पाएका छन् । मतगणना सुष्त गतिमा भैरहेको छ । मतगणना सुरु भएको करीब साढे ४ घण्टामा २ सय मत गणना मात्र सकिएको छ ।