नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

स्थानीय निर्वाचन अपडेट : मोलुङमा खस्यो ६६.८८ प्रतिशत मत

ओखलढुङ्गान्युज ३० बैशाख, प्राप्चा स्थानीय तहको निर्वाचन २०७९ मोलुङ  गाउँपालिकामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न हुदै गर्दा मोलुङ गाउँपालिकामा ६६.८८ प्रतिशत मत खसेको मोलुङ गाउँपालिकाका निर्वाचन अधिकृत खिमा देवी लङ्वाले जानकारी दिए ।

निर्वाचन अधिकृत लङ्वाका अनुसार १३ हजार १८७ मत मध्ये ६६.८८ प्रतिशत अर्थात ८ हजार ८२० मत खसेको हो । मतदान कार्य सकिना साथ पालिकाका सबै वडाहरुवाट मतपत्र मतगणना स्थल गाउँपालिका कार्यालय तर्फ ल्याईदै गरेको पनि निर्वाचन अधिकृत लङ्वाले बताए ।

निर्वाचन अधिकृत लङ्वाका अनुसार मतपेटिकाहरु पालिका कार्यालयमा आईपुग्न थालेका छन् । मतपेटिका आईपुगेपछि सर्वदलिय बैठकको तयारी गरिएको छ । सर्वदलिय बैठक पश्चात आज रातिवाट नै मतगणनाको कार्य थालनी गरिने मोलुङ गाउँपालिकाका निर्वाचन अधिकृत लङ्वाले जानकारी दिए ।