नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

स्थानीय निर्वाचन अपडेट : लिखुमा खस्यो ६६.३७ प्रतिशत मत

ओखलढुङ्गान्युज ३० बैशाख, यसम स्थानीय तहको निर्वाचन २०७९ लिखु गाउँपालिकामा वाड नं. ६ बाहेक अन्य स्थानहरुमा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न हुदै गर्दा लिखुमा ६६.३७ प्रतिशत मत खसेको लिखु गाउँपालिकाका निर्वाचन अधिकृत राजेश कुमार थापाले जानकारी दिए ।

निर्वाचन अधिकृत थापाका अनुसार १३ हजार ४११ मत मध्ये ६६.३७ प्रतिशत अर्थात ८ हजार ९०१ मत खसेको हो । मतदान कार्य सकिना साथ पालिकाका सबै वडाहरुवाट मतपत्र मतगणना स्थल गाउँपालिका कार्यालय तर्फ ल्याईदै गरेको पनि निर्वाचन अधिकृत थापाले बताए ।

निर्वाचन अधिकृत थापाका अनुसार मतपेटिकाहरु पलिका कार्यालयमा आईपुगेपछि सर्वदलिय बैठकको तयारी गरिएको छ । सर्वदलिय बैठक पश्चात आज रातिवाट नै मतगणनाको कार्य थालनी गरिने लिखु गाउँपालिकाका निर्वाचन अधिकृत थापाले जानकारी दिए ।

लिखुको वडा नं. ६ मा भने मतदान प्रकृयाको अन्तिम समयमा गर्भवती महिला तथा जेष्ठ नागरिकहरुलाई मतदान गर्न नदिएको विषयमा विवाद भएको थियो । मतदानको क्रममा दिउसो मतदाताको सक्कल परिचयपत्र विना नै मतदान गर्न दिएपनि अन्तिम समयमा भने मतदान केन्द्र प्रमुखले सक्कल कागजात विना मतदान गर्न नदिएको भन्दै केहि समय विवाद समेत भएको थियो ।