नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

स्थानीय निर्वाचन अपडेट : चिशंखुगढीमा खस्यो ६२.८ प्रतिशत मत

ओखलढुङ्गान्युज ३० बैशाख, शेर्ना स्थानीय तहको निर्वाचन २०७९ चिशंखुगढी गाउँपालिकामा शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन सम्पन्न हुदै गर्दा चिशंखुगढी गाउँपालिकामा ६२.८ प्रतिशत मत खसेको चिशंखुगढी गाउँपालिकाका निर्वाचन अधिकृत कमला काफ्लेले जानकारी दिए ।

निर्वाचन अधिकृत काफ्लेका अनुसार ११ हजार ६२० मत मध्ये ६२.८ प्रतिशत अर्थात ७ हजार २१४ मत खसेको हो । मतदान कार्य सकिना साथ पालिकाका सबै वडाहरुवाट मतपत्र मतगणना स्थल गाउँपालिका कार्यालय तर्फ ल्याईदै गरेको पनि निर्वाचन अधिकृत काफ्लेले बताए ।

निर्वाचन अधिकृत काफ्लेका अनुसार मतपेटिकाहरु पलिका कार्यालयमा आइृपुग्न थालेका छन् । मतपेटिका आईपुगेपछि सर्वदलिय बैठकको तयारी गरिएको छ । सर्वदलिय बैठक पश्चात आज रातिवाट नै मतगणनाको कार्य थालनी गरिने चिशंखुगढी गाउँपालिकाका निर्वाचन अधिकृत काफ्लेले जानकारी दिए ।