नेपाली समय Loading...२०८१ बैशाख १६ आईतवार

विलन्दुमा रोकिएको मतदान सुचारु 

ओखलढुङ्गान्युज । ३० बैशाख, बिलन्दु । विवादका कारण ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका वडा नं. ९ विलन्दु मिश्रभन्ज्याङमा रोकिएको मतदान पुन सुरु भएको छ । मतदानको क्रममा जेष्ठ नागरिकले हाल्ने मतको विषयमा विवाद हुँदा त्यहाँ केहि समय झडप भएको थियो ।

झडपका कारण मतदान स्थल संङ्ग्राम स्थल बनेपछि झडप नियन्त्रण गर्न प्रहरीले ९ राउन्ड हवाइ फायर गरेको थियो । हवाई फायर पछि रोकिएको मतदान सर्वदलीय बैठक बसेर सहमति भएपछि पुन मतदान सुरुवात भएको विलन्दुवाट बलराम फुयाँलले जानकारी दिए ।